नाच्न थाल्याे मयूर
हेर्नुपर्छ जरुर
कति राम्राे कल्कीकाे
प्वाँख पनि टल्केकाे
ईन्द्रेणीकै झलक
जीउडाल सर्लक्क
चुच्चाे पनि मिलेकाे
आपसमा खेलेकाे
क्याँउँ क्याँउँँ करायाे
डर पनि हरायाे
भागीहाल सर्प है
फ्याउराे नि कता खै ?
निशानामा नपार
मयूरलाई नमार
प्रकृतिको देन यो
हामी सबको साथी हो
– शशी अर्याल, धादिङ
हाल : बसुन्धरा, काठमाडौं


















प्रतिक्रिया दिनुहोस्