– ललिता ‘दोषी’

जङ्गलमा बस्छौँ हामी
त्यही हाम्रो घर
दुःख नदेऊ हामीलाई
लाग्छ धेरै डर

बाघ, भालु, सिंहका छन्
ठूला–ठूला दारा
शिकार खेली मार्न खोज्छन्
तिनले वनमा सारा

कहिले खान्छन् आमालाई
कहिले खान्छन् दाइ
बस्नुपर्छ जङ्गलमा
सधैँ नै डराई

मान्छे पनि शत्रु हाम्रो
अरू पनि शत्रु
हामीलाई ठानीदेऊ
मान्छेहरूले मित्रु ।

(बुद्धनगर काठमाडौँ)