भक्तपुरको लोकन्थलीस्थित युनिक एकेडेमीमा विद्यालयस्तरीय डेंगु सचेतना कार्यक्रम आयोजना गरिएको छ । मध्यपुर थिमी नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा आयोजित उक्त कार्यक्रममा लोकन्थली स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद लम्साले विद्यार्थीहरुलाई डेंगु रोगको समग्र पक्षहरुबारे अवगत गराउनु भएको थियो ।

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी थिए । सहभागीहरुले डेंगु रोगका कारण, लक्षण, रोकथामका उपायहरू तथा सरसफाइ सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको बताए । स्वस्थ विद्यार्थी, स्वस्थ समाजको अवधारणा अन्तर्गत विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

नानीबाबुअनलाईन
थप जानकारी