मनलाई शान्त पार्न
ध्यान गर्नु पर्छ
बिचारलाई अन्त सार्न
ध्यान गर्नु पर्छ ।

अनिद्रालाई हटाउन
ध्यान गर्नु पर्छ
रिस आबेग घटाउन
ध्यान गर्नु पर्छ ।

चेतनालाई जगाउन
ध्यान गर्नु पर्छ
डर चिन्ता भगाउन
ध्यान गर्नु पर्छ ।

अरुलाई सघाउन
ध्यान गर्नु पर्छ
रोग बिकार भगाउन
ध्यान गर्नु पर्छ ।

फाइदा छन् कति कति
सबले जान्नु पर्छ
दैनिक रुपमा ध्यान गर्न
अब मान्नु पर्छ ।

शशि अर्याल
थप जानकारी